हिमाल दैनिक
क्रियाशिल सदस्यता बितरण र नविकरणलाई द्रुत गतिमा अघि बढाउने कांग्रेसको निर्णय
congress-padadhikari-baithak
नेपाली कांग्रेसले महाधिवेशन केन्द्रीय क्रियाशिल सदस्यता बितरण र नविकरण सुस्त भएको भन्दै यसलाई द्रुत गतिमा अघि बढाउने भएको छ । पार्टी कार्यालय सानेपमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडादेखि केन्द्रसम्म पार्टीलाई बलियो बनाउन क्रियाशिल सदस्यको भूमिका हुने भएकाले क्रियाशिल सदस्यता बितरण र नविकरणलाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको हो । बैठकमा केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले सोमबारसम्मको रिपोर्ट प्रस्तु गरेको थियो, जसअनुसार हालसम्म २ लाख १२ हजार ५१९ नविकरण र १ लाख ८० हजार २७५ नयाँ क्रियाशिल सदस्यता बितरण गरिएको जानकारी गराइएको नेता रमेश लेखकले बताए । झण्डै ५ लाख क्रियाशिल सदस्यलाई दोव्वर बनाउने पार्टीको लक्ष्य भएपनि क्रियाशिल सदस्यता बितरण र नविकरण सुस्त देखिएको उनले बताए । उनले क्रियाशिल सदस्यताको रिपोर्ट बुझाउने मंगलबार अन्तिम दिए भएकाले मंगलबारसम्म उक्त संख्या बढ्न सक्ने जानकारी दिए । फरक प्रसंगमा उनले सरकारका बिषयमा पदाधिकारी बैठकमा कुनै छलफल नभएको दावी गरे । अझै परिस्थिति सुनिश्चित र परिपक्क नभएकाले कांग्रेसले सरकार बन्न नसक्ने उहाको भनाई छ ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update