हिमाल दैनिक
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेका नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्ने कदम सही थियो भन्ने साबित गर्नका लागि संसद्लाई कामविहीन बनाइएको बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा कांग्रेसका सांसद थापाले प्रधानमन्त्री ओलीले कहिले प्रश्न छल्न हठात् बैठक स्थगित गर्ने, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग गर्ने र अहिले प्रतिनिधि सभा विघटन गर्ने सनक सही थियो भन्नका लागि संसदलाई कामविहीन बनाउने प्रपन्च रचेको आरोप लागेका हुन्। उनले भने 'जतिदिन यो सरकार रहन्छ । संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ ।’ थापाले वर्तमान सरकार रहेसम्म संसद्को तिरस्कार बढ्दै जाने बताए । ‘कहिले प्रश्न छल्न हठात् बैठक स्थगित,’ उनले भने, ‘कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग, अहिले प्रतिनिधि सभा विघटन गर्ने सनक सही थियो भन्नका लागि संसदलाई कामविहीन बनाउने प्रपन्च भएको छ । जतिदिन यो सरकार रहन्छ । संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ ।’ त्यस्तै उनले संसदको गरिमा बचाउन प्रमुख प्रतिपक्ष दल डटेर लड्ने बताए। ‘यो विधेयक अभिवेशन हो । हामी काम गर्न तयार छौं,’ थापाले भने, ‘एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने, तर, संसदलाई एउटा पनि विधेयक नदिने ? अनि विधेयकलाई कानुन बनाउनका लागि चाहिने राष्ट्रिय सभा पनि नबोलाउने । हामी स्पष्ट छौं । हामी हाम्रो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्न लड्नेछ । बाँकी जिम्मा जनताको । उचित समयमा जनताले यसको हिसाब किताब गर्नेछन् । आफ्नो अपमानको बदला जनताले लिनेछन् ।’
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update