नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले नेपाल सरकारले नेपाल विकाशील राष्ट्र भयो भनेर प्रमाण पत्र घुस तिरेर त ल्याएको होना भनेर प्रश्न गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै सांसद महतले भने 'श्री ५ सरकारका मन्त्रीले हाम्रो देश अल्पविकसितबाट विकासशील राष्ट्रको प्रमाणपत्र आउँदैछ भन्नु भयो यहाँ नेपाल विकासशील राष्ट्रमा भयौँ भनेर कस्ले आँखा चिम्लेर प्रमाण पत्र दिँदै छ ? म जान्न चाहन्छु। ' उनले कर्णाली प्रदेशको नक्सा देखाउदै कर्णाली जनताले बत्ति नपाएको अवस्थामा नेपाललाई कसले विकासशील राष्ट्र भन्यो भनेर प्रश्न गरेका छन्।
उनले सुन्य समय भने:
'नेपाल राष्ट्रका माता र पिताले घाँटी निमोठेर मरे भनेर झांडी मा फालिएका हामी सांसदहरु जुरुक्क उठेर आउँदै गर्दा को समयमा यो संसदका हत्यारा, सरकारका प्रतिनिधि भनौँ अथवा खानेपानी मन्त्रीको भाषामा श्री ५ सरकारका मन्त्रीले हाम्रो देश अल्पविकसितबाट विकासशील राष्ट्रमा पुगेको प्रमाणपत्र आउँदै छ भन्नुभयो। त्यसो भएको हुनाले मैले कर्णालीको नक्सा ल्याएको छु, सभामुख महोदय। कर्णाली नेपालभित्र पर्छ । यहाँ कर्णालीका जनताले अहिले पनि बत्ति पाएका छैनन्, अँध्यारोमै छन् । हाम्रा सरकारका प्रतिनिधि, श्री ५ सरकारका प्रतिनिधि के भन्दै छैन भने, हामी विकसित राष्ट्रमा पुगी सक्यौ प्रमाण पत्र आउदै छ। यो कसले आँखा,कान चिम्लेर प्रमाण पत्र दिँदै छ ? म जान्न चाहन्छु, जुम्ली जनता जान्न चाहन्छन् । यो घूस दिएर ल्याएको प्रमाण पत्र त होइन ? कर्णालीका जनताको ठूलो चासोको विषय छ ।’
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय