प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने स्पष्ट पारेका छन् ।
बुधबार नगरपालिका संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सवै तहको आफ्नै बिषेशता रहेको भन्दै केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने बताएका हुन् ।
त्यस्तै ओलीले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच तालमेल मिलाएर काम गर्नुपर्ने बताए । संघीयता कार्यान्वयनकै अभ्यासमा भएको भन्दै उनले समयक्रममा समस्या हल हुँदै जाने धारणा पनि राखे । उनले पुँजीगत खर्च गर्ने क्षमता स्थानीय तहमा नभएको जिकिर गरे । उनले नगरपालिका बीचमा राम्रा कामका लागि प्रतिस्पर्धा हुनुपर्ने पनि बताए । प्रधानमन्त्री ओलीले कोभिड–१९ को अवधिमै स्थानीय तहको औचित्य र आवश्यकता पुष्टि भएको बताए ।
प्रधानमन्त्री ओलीले अबको ४ दिनपछि काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने पनि जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय