थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्य टिमको घोषणा गरेका हुन् ।
गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् ।
राष्ट्रिय टिमका नियमित फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, आशिष लामा, सन्तोष तामाङ टिमबाट बाहिरिएका छन् ।
चोटमुक्त हुँदै अनन्त तामाङ टिममा फर्किएका छन् । खेल अघि नेपाली टिम बुधबार अभ्यासमा व्यस्त थियो । सो क्रममा टिमका मुख्य प्रशिक्षक महर्जन र कप्तान किरणले उच्च मनोवलका साथ मैदान उत्रने बताए । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू(२३ टिमको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बिहीबार पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
गोलकिपर | डिफेन्डर | मिडफिल्डर | फरवार्ड |
किरणकुमार लिम्बु (कप्तान) | रन्जित धिमाल | त्रिदेव गुरुङ | अन्जन विष्ट |
विकेश कुथु | निशान खड्का | सुजल श्रेष्ठ, | दर्शन गुरुङ |
दीप कार्की | रोहित चन्द | तेज तामाङ | अभिषेक रिजाल |
अनन्त तामाङ | एरिक विष्ट | भरत खवास | |
दिनेश राजवंशी | संजोग राई | ||
अजित भण्डारी | विशाल राई | ||
विराज महर्जन | सुनील बल | ||
छिरिङ गुरुङ | रविशंकर पासवान |
चोटमुक्त हुँदै अनन्त तामाङ टिममा फर्किएका छन् । खेल अघि नेपाली टिम बुधबार अभ्यासमा व्यस्त थियो । सो क्रममा टिमका मुख्य प्रशिक्षक महर्जन र कप्तान किरणले उच्च मनोवलका साथ मैदान उत्रने बताए । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू(२३ टिमको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बिहीबार पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय