हिमाल दैनिक
हनुमन्ते करिडोरका अवरोधहरु हटाउनुपर्ने निष्कर्ष
bikash-samiti
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले भक्तपुरको हुनुमन्ते करिडोरमा भएका अवरोधहरु हटाउदै अगाडि बढ्नु पर्ने निष्कर्ष निकालेको छ । बुधबार समितिको बैठकमा कोटेश्वर र जडिबुटीमा पर्ने जामलाई हटाउन हनुमन्ते करिडोर महत्वपूर्ण भएकाले यसलाई सञ्चालनमा ल्याउन अवरोधहरु हटाउनुपर्ने सांसदहरुले निष्कर्ष निकालेका हुन । समिति सभापति कल्याणी खड्काले अन्य ठाउँमा करिडोर निर्माणले पूर्णता पाएपनि कुनै ठाउँमा अवरोधका कारण बाँकी रहेको बताईन । उनले विभिन्न स्थानमा पुलहरु समेत निर्माण भइरहेको जानकारी दिनुभयो । बैठकमा सांसद महेश बस्नेतले हनुमन्ते करिडोरको सबै भन्दा बढि लाभ मध्यपुर नगरपालिकाले लिने भएपनि मध्यपुरकै जनप्रतिनिधि करिडोरको विरोधी भएको आरोप लगाए । उनले आयोजना सम्पन्न गर्न बजेटको खाचो नरहेको भन्दै जनप्रतिनिधिहरुले सकारात्मक भूमिका खेल पुग्ने बताए । समितिको बैठकमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले मध्यपुर नगरपालिकाका केही स्थान विवादित भएकाले आयोजना अगाडी बढाउन नसकेको बताए । उनले हनुमन्ते करिडोर बैकल्पिक मार्ग हुने भएकाले सम्पूर्ण जनप्रतिनिधि मिल्नु पर्ने बताए । उनले हनुमन्ते करिडोर अगाडी बढाउन सूर्यविनायक नगरपालिका र मध्यपुर नगरपालिका मिल्नुको विकल्प नरहेको बताए ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update