हिमाल दैनिक
कोरोना महामारीविरूद्ध वेलैमा ध्यान दिन सरकारलाई सुझाव
shikshya-samiti
सरकार सक्रामक महामारी विरुद्ध सधै तयारी अवस्थामा रहनुपर्ने सांस्दहरुले बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिले बुधबार मूल समितिलाई प्रतिवेदन बुझाउँदै भविष्यमा आउन सक्ने महामारी विरुद्ध तयारी अवस्थामा रहेन सुझाएको हो । सांसदहरुले त्यस्ता महामारीको उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा पर्याप्त सुबिधा सहितको संरचना तयार गर्नुपर्ने र सबै क्षेत्रबाट सजकता अपनाउनु पर्ने सझाव दिएका थिए । सांसद गजेन्द्र महतले कोभिड १९ ले गर्दा मानिसहरुले धेरै दुःख पाएको स्मरण गर्दै वेलैमा ध्यान दिन सुझाए । उनले त्यो वेलाको दुःख विर्से पनि अझै समिक्षा गर्नु पर्ने वेला आउन सक्ने बताए । संक्रामक रोग सम्बन्धि प्रत्यक अस्पतालमा निश्चित शैयाको युनिट व्यवस्था गर्नुपर्ने उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठले बताए । उनले प्रतिवेदन तयारी गर्न आफुहरुले विभिन्न विषयको अध्यन गरेको स्मरण गर्दै कोभिड १९ को खोप आइसकेको बताए । त्यस्तै सांसदहरु यस्ता रोगबाट बच्न र बचाउन सरकारले बेलैमा भविष्यप्रति चिन्तीत हुनुपर्ने बताउदै हरेक अवस्थाको सामना गर्न तयारी अवस्थामा रहनु पर्ने सुझाएका थिए । शिक्षा समितिले गत भदौमा कोभिड रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले ७ सदस्यीय उपसमिति गठन गरेको थियो ।  
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update