हिमाल दैनिक
थ्री नेसन्स कपमा नेपालको पहिलो खेल: किर्गिस्तानसंग भिड्दै
nepal-national-football-team
अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको थ्री नेसन्स कपमा नेपालले आज पहिलो खेल खेल्दैछ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल पहिलो खेलमा किर्गिस्तानसँग खेल्न लागेको हो । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलका लागि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्य टिमको घोषणा गरेका थिए । गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् । राष्ट्रिय टिमका नियमित फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, आशिष लामा, सन्तोष तामाङ टिमबाट बाहिरिएका छन् । चोटमुक्त हुँदै अनन्त तामाङ टिममा फर्किएका छन् । खेल अघि नेपाली टिम बुधबार अभ्यासमा व्यस्त थियो । सो क्रममा टिमका मुख्य प्रशिक्षक महर्जन र कप्तान किरणले उच्च मनोवलका साथ मैदान उत्रने बताए । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टिमको घोषणा, को-को परे?

गोलकिपर डिफेन्डर मिडफिल्डर फरवार्ड
किरणकुमार लिम्बु (कप्तान) रन्जित धिमाल त्रिदेव गुरुङ अन्जन विष्ट
विकेश कुथु निशान खड्का सुजल श्रेष्ठ, दर्शन गुरुङ
दीप कार्की रोहित चन्द तेज तामाङ अभिषेक रिजाल
अनन्त तामाङ एरिक विष्ट भरत खवास
दिनेश राजवंशी संजोग राई
अजित भण्डारी विशाल राई
विराज महर्जन सुनील बल
छिरिङ गुरुङ रविशंकर पासवान

 
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update