
युरोपियन च्याम्पियन पोर्चुगलले फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा विजयी सुरुवात गरेको छ। युरोपियन छनोटको समूह ‘ए’ मा भएको खेलमा पोर्चुगलले अजरबैजानलाई १-० को गोल अन्तरले हराउदै विश्वकप युरोपियन छनोटमा जित हात परेको हो ।
खेलको ३७औं मिनेटमा माक्सिम मेदभेदेभको आत्मघाती गोलबाट पोर्चुगलले जित हात निकालेको थियो । गोलकिपर शाहरुद्धिन महमदालिएभले क्लियर गरेको बल रक्षक मेदभेदेभको खुट्टामा लागेर आफ्नै पोष्टमा गोल भएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय