विश्वकप विजेता फ्रान्स बराबरीमा रोकिएको छ। गएराति विश्वकप २०२२ को युरोपियन छनोटमा को समूह 'डी' को खेलमा फ्रान्स युक्रेनसंग १-१ गोलको बराबरीमा खेलेको हो।
बुधबार भएको खेलमा फ्रान्सका तर्फबाट १९ औं मिनेटमा एन्टोइन ग्रिजमनको गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।
पहिलो हाफ एक गोलको अग्रता लिएको फ्रान्सले दोश्रो हाफमा आत्मघाती गोल गरेर खेललाई बराबरीमा पुरायो। खेलको ५७औं मिनेटमा सर्ही सिडोरचेकले हानेको प्रहार प्रसनल किमपेम्बेको खुट्टामा लागेर ले आत्मघाती गोल भएको थियो।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय