हिमाल दैनिक
भारतमा एकै दिन कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ। बुधबार भारतमा एकै दिन ५३ हजार ४१९ जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट २४९ जनाको मृत्यु भएको छ । ५ महिना यता भारतमा हिजो सबैभन्दा बढी संक्रमण देखिएको हो। केहि समय यता कोरोना संक्रमणको दर भारतमा फेरी बढ्दै गएको छ । २४ घण्टा सबैभन्दा बढी महाराष्ट्रमा कोरोनाको केस देखिएको छ। २४ घण्टामा महाराष्ट्रमा मात्र ३१ हजार ८५५ जनामा संक्रमण देखिएको छ भने ९५ जनाको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update