अदालती प्रक्रिया विना भारतको जेलमा ४० वर्षभन्दा लामो समयदेखि थुनामा रहेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाएका छन् ।
तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाई र प्रशासकीय अधिकृत देवीचरण फुयाँल तिम्सिनालाई नागरिकता प्रदान गरेका थिए ।
कर्तव्य ज्यान मुद्दाको कसुरमा पक्राउ परेका तिम्सिना विगत ४० वर्षभन्दा लामो समय देखि विना कुनै अदालती प्रक्रिया भारतमा जेल जिवन बिताउँदै आएका थिए । गएको शनिबार उनि भारतको दमदम जेलबाट रिहा भएका थिए भने आइतबार इलामस्थित घर पुगेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्