हिमाल दैनिक
थ्री नेसन्स कप: नेपाल बराबरीमा रोकियो  (फाइनल अपडेट)
nepal-national-team
थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा नेपालले बराबरी खेल्नु परेको हो । यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । यस खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ । बंगलादेशको १ खेलमा ३ अंक रहेको छ । उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित भएको थियो । अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

किर्गिस्तान १० खेलाडीमा सिमित

किर्गिस्तानका कप्तान के तन्शिभ दोश्रो पहेलो कार्ड संगै रातो कार्ड पाएका छन् । किर्गिस्तान १० खेलाडीमा सिमित।

दोश्रो हाफ सुरु

थ्री नेसन्स कप अन्तर्गत नेपाल र किर्गिस्तान बीचको दोश्रो हाफ सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको नेपाल र किर्गिस्तानले पहिलो हाफ गोल रहित बराबरीमा खेलेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको थ्री नेसन्स कपको दोश्रो खेल नेपाल र किर्गिस्तानबीचको मध्यतर भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको नेपाल र किर्गिस्तानले पहिलो हाफ गोल रहित बराबरीमा खेलेका छन्। पहिलो पहेलो कार्ड किर्गिस्तानका जर्सी नं १७ का के तन्शिभले पाएका थिए ।

नेपालका तर्फबाट आज

किरण चेम्जुङ्ग(कप्तान) अभिषेक रिजाल, अन्जन बिष्ट, त्रिदेव गुरुङ, संजोग राई, तेज तामाङ्ग, रबि पासवान, रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ्ग, दिनेश राजबंशी ।

थ्री नेसन्स कप: नेपाल र किर्गिस्तान बीचको खेल सुरु

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको थ्री नेसन्स कपको दोश्रो खेल सुरु भएको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालको पहिलो खेल किर्गिस्तानसँग खेल्दैछ । आजको खेल हेर्न करिब ६ हजारको हाराहारीमा दर्शकहरुको सहभागिता रहेको एन्फाले जनाएको छ। नेपालका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बुधबार मात्र गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्य टिमको घोषणा गरेका थिए । नेसन्स कपको पहिलो खेल बंगलादेश र किर्गिस्तानबीचको हेरेर महर्जनले नेपालको २३ सदस्य टिमको घोषणा गरेका थिए । पहिलो खेलमा किर्गिस्तान बंगलादेशसंग १–० ले पराजित भएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update