जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले रेशम चौधरीको रिहाई सत्तास्वार्थ निम्ति मोलतोलको साधन बन्न नहुने बताएका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो सामाजिक संजालमा रेशम चौधरीको रिहाई सत्ता स्वार्थको मोलतोल बन्न नहुने उल्लेख गरेका हुन् । उनले चौधरी लगायत सबै राजनीतिक बन्दीहरूको निस्वार्थ र तत्काल रिहा गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै उनले थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्य पुन संरचना हुनेगरी संविधान संशोधन गर्नु पर्ने बताएका छन्।
उनले ट्वीटरमा लेखेका छन्,'रेशम चौधरी लगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र नि:शर्त गर!थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर! यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो! यो क्षणिक सत्तास्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस!'
https://twitter.com/brb1954/status/1375258670066376705
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय