हिमाल दैनिक
पार्टीभित्रै रहेर संघर्ष गर्ने खनाल–नेपाल समूहको निष्कर्ष
jhalnath-khanal-nekapa
नेकपा (एमाले) को खनाल–नेपाल समूहले पार्टीभित्रै संघर्ष गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार काठमाडौंमा बसेको सो समूहको उपलव्ध केन्द्रीय सदस्यहरुको बैठकले पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए । पार्टीलाई बलियो बनाउन, विधि पद्धतिअनुसार चलाउन र पार्टीलाई गतिशील बनाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलको बैठकमा भाग लिएर आफ्ना कुरा राख्ने निष्कर्ष बैठकले निकालेको उनले बताए । उनले आफ्ना फरक बिचारहरु पार्टी बैठकमा राखिने पनि जानकारी दिए । त्यस्तै एमाले बरिष्ठ नेता झलनाथ खनालले संसदीय दलको बैठक बालुवाटार बाहिर राख्नुपर्ने माग आफ्नो रहेको र त्यही माग लिएर आफु संसदीय दलको बैठकमा सहभागी हुने बताए । त्यस्तै बैठकले सर्वोच्च अदालतले ०७५ जेठ २ मा फर्काएको हुँदा पार्टी त्यहीबाट सुरु हुनुपर्छ भनेर केन्द्रीय कमिटीका सदस्यहरुले बैठकको माग गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update