बिश्वकप छनोटमा फ्रान्सले पहिलो जित हात परेको छ । सन् २०२२ को बिश्वकपको युरोपेली छनोटको लागि आइतबार भएको खेलमा फ्रान्सले काजकिस्तानलाई २-० को गोल अन्तरले पराजित गरेको हो ।
समुह 'डी' को खेलमा हिजो औसमाने डेम्बेलेले २० औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ४४ औं मिनेटमा सेर्गी मालेले आत्मघाती गोल गरेपछि फ्रान्स २-० को अन्तरले बिजयी भएको हो । यस संगै फ्रान्स ४ अंक बटुल्दै समूह 'डी' को शिर्ष स्थानमा पुगेको छ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्