राज्य विरूद्धको संगठित अपराध कसुरमा डा. सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन नवलपरासी जिल्ला अदालतले सूचना जारी गरेको छ ।
सिके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई पक्राउ गर्न पुर्जी जारी गरिएकोमा घरद्वारा पत्ता नलागे भन्दै जिल्ला अदालतले रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई ३५ दिन भित्र सबुत प्रमाणसहित अदालतलमा हाजिर हुन गोरखापत्रमा सूचना जारी गरिएको छ । ३५ दिन भित्र हाजिर नभए कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
राउत २०७५ फागुन २४ मा सरकारसंग ११ बुँदे सहमति गरेर स्वतन्त्र मधेश गठबन्धन छोडेर शान्तिपूर्ण राजिनितीमा आएको घोषणा गरेका थिए । उनले अहिले जनमत पार्टी गठन गरेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय