नेपालमा सोमबार थप १४१ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको तीन हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा थप १४१ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ५०, ललितपुरमा ७ र भक्तपुरमा थप १ जना संक्रमित थपिएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । त्यस्तै थप ८२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७२ हजार ६१२ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म तीन हजार २७ संक्रमित निको भएका छन् ।
नेपाल हाल १३ सय ४१ जना आइशोलेशन र ५६ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २२ लाख ६४ हजार २६८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय