नेकपा एमालेले पार्टीबाट बरिष्ठ नेता माधवकुमार नेपाल र उपध्यक्ष रहेका भिम रावललाई निलम्बन गरेको छ । नेकपाका अध्यक्ष एवम प्रधामन्त्री केपी शर्मा ओलीले नेपाल र रावललाई पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरेको हो ।
नेपाल र रावलले पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको र उल्टै अध्यक्ष माथि नै प्रश्न तेर्साएपछि अध्यक्ष ओलीले अनुशासनको कोर्रा बर्सेका हुन् । उनले आज दुवैलाई पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै हटाइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय