नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ ।
सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो । नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए । १८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए ।
सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए ।
खेलको ८३औं मिनेटमा सब्सिच्युट महाबुबुर रहमानले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै खेललाई २–१ ले स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल २–१ ले विजयी हुन सफल भयो ।
यससँगै ३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको छ । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।
लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो । बंगलादेशले लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई १–० ले तथा नेपालसँग गोलरहित बराबरी खेलेको थियो । विश्वकप छनोटको खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको आयोजना गरेको थियो ।
[7:39:01 PM]
बंगलादेशका अब्दुल रहमानले कर्नरको सदुपयोग गर्दै गोल गरेका छन् । यस संगै बंगलादेशले खेलमा फर्कने प्रयास।7:22:50 PM
बंगलादेशका अब्दुल रहमानले कर्नरको सदुपयोग गर्दै गोल गरेका छन् । यस संगै बंगलादेशले खेलमा फर्कने प्रयास।7:22:50 PM
खेलको पहिलो पहेलो कार्ड:
बंगलादेशका रकिव हुसेनदोश्रो हाफ सुरु
थ्री नेसन्स कपको फाइनलको दोश्रो हाफ सुरु भएको छ । आज दशरथ रंगशालामा जारी थ्री नेसन्स कपको फाइनल खेल नेपाल र बंगलादेश जारी छ । पहिलो हाफमा नेपालले दुई गोलको अग्रता लिएको थियो। नेपालका तर्फबाट संजोक राइले १८ औं मिनेट र ४४ औं मिनेटमा बिशाल राईले गोल गरेका छन्। समूह चरणमा यी दुवै टिमले कुनै पनि गोल गर्न सकेका थिएनन्। [6:43:04 PM]पहिलो हाफ अन्त्य, पहिलो हाफमा नै दुईको गोलको अग्रता
अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको थ्री नेसन्स कपको फाइनलको पहिलो हाफ सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनल खेलको पहिलो हाफमा नेपालले बंगालदेश बिरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफको १८ औं मिनेटमा कर्नन बलमा संजोक राइले गोल गरेर नेपाललाई अग्राता दिलाए थिए। संजोकको गोल संगै १८ महिना देखि नेपाल गोल खडेरी तोडिएको छ । त्यस्तै संजोकको यो दोश्रो अन्तराष्ट्रिय खेल हो । त्यस्तै खेलको ४२ औं मिनेटका बिशाल राईले थप अर्को गोल गर्दै पहिलो हाफमा नै अग्रता दोबार बनाए । आजको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित रहेका छन् । [6:32:56 PM]पहिलो हाफमा नै दुईको गोलको अग्रता
३ मिनेटको समय थप गरिएको छ । [6:25:20 PM]नेपालको २ गोलको अग्रता
बिशाल राईले दोश्रो गोल गरेका छन् । ४२ औं मिनेटका बिशाल राईले नेपालको तर्फबाट दोश्रो गोल गर्दै पहिलो हाफमा नै दुई गोलको अग्रता दिलाएका छन्। [6:21:11 PM]१८ महिना लामो गोल खडेरी संजोग राईले तोडिए
नेपालले १८ औं मिनेटमा अग्रता लिएको छ। प्रधानमन्त्री उत्साहित। कर्नन बलमा संजोक राइले गोल गरेर नेपाललाई अग्राता दिलाएका हुन् । दोश्रो अन्तराष्ट्रिय खेलमा संजोकले गोल गरेका हुन् । थ्री नेशनमा नेपालको पहिलो गोल हो । [5:58:32 PM]थ्री नेसन्स कपको फाइनलमा यी खेलाडीहरु खेल्दैछन्:
[caption id="attachment_20734" align="alignnone" width="960"] फोटो: एन्फा फेसबुकबाट[/caption] थ्री नेसन्स कपको फाइनलमा यी खेलाडीहरु खेल्दैछन्: गोलकिपर: किरण चेम्जुङ्ग(कप्तान), फरवार्ड: अन्जन बिष्ट मिडफिल्डर: त्रिदेव गुरुङ, संजोग राई, तेज तामाङ्ग, सुनिल बाल, विशाल राई डिफेन्डर: रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ्ग, दिनेश राजबंशी। [अपडेट: 5:53:44 PM]नेपाल र बंगलादेशबीच खेल सुरु
अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको थ्री नेसन्स कपको फाइनल खेल सुरु भएको छ । नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा बंगलादेश र नेपाल भिड्दैछन् । फाइनल खेल हेर्न आज प्रधानमन्त्री केपी शर्मा ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेका छन् । शनिबार भएको लिग चरणको खेलमा नेपालले बंगलादेशले गोल रहित बराबरी खेल्दै लिगको दोस्रो स्थानमा रहदै फाइनलमा प्रवेश गरेको हो। नेपालले २ खेलमा २ अंक जोड्यो । नेपालले पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । बंगलादेशले २ खेलमा ४ अंक जोड्यो । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको थियो । किर्गिस्तान भने १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको थियो । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टिमको सहभागिता रहेको छ ।प्रकाशित मिति: सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय