हिमाल दैनिक
नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल र भिम रावललाई पार्टी निलम्बन गरेपछि नेता नेपालले आफ्नो प्रतिक्रिया दिएका छन् । अध्यक्ष ओलीले यसरी आफुलाई र नेताल रावललाई कारबाही गर्ने कुनै पनि अधिकार नभएको नेपालले बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्,'सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु।' त्यस्तै उनले नीति, बिधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न अपिल गरेका छन् । उनले भनेका छन्,'टुक्रा टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अत: निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।'
सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित... Posted by माधव कुमार नेपाल - Madhav Kumar Nepal on Monday, March 29, 2021
  केहि समय अघि ओलीले रावल र नेपाललाई लिखितमा स्पष्टीकरण सोधेका थिए । तर रावल र नेपालले उल्टै अध्यक्ष ओली माथि नै प्रश्न तेर्साएपछि अध्यक्ष ओलीले अनुशासनको कोर्रा बर्सेका हुन् । ओलीले आज नेपाल र रावललाई पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update