हिमाल दैनिक
नेकपा एमालेका नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफु र माधव नेपाललाई पार्टीको साधारण सदस्य पनि नरहने गरेको निलम्बन गर्ने निर्णय तानाशाह निर्णय रहेको बताएका छन्। सोमबार अध्यक्ष एबम प्रधानमन्त्री ओलीले नेता रावल र नेता नेपाललाई पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । त्यसको प्रतिक्रियामा नेता रावलले उक्त निर्णय तानाशाही रहेको र आफुले त्यो निर्णय नस्वीकार्ने बतेका छन्। उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्,'केपी शर्मा ओलीले पहिलो चरणमा नेपालको संविधान तथा आफैँ हस्ताक्षर गरेको कम्युनिष्ट पार्टीबीचको एकतामाथि प्रहार गर्नुभयो, दोस्रो चरणमा नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाउँदै एवम् सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराउनुभयो र तेस्रो चरणमा पार्टी विधान कुल्चँदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चार जना नेताहरुलाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनु भयो । यो पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्ध निरंकुश र स्वेच्छाचारी कुकृत्य हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारी हो ।’ त्यस्तै उनले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीत कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष ओली स्वयं अवैधानिक भएकोले उनको उक्त निर्णयको भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गरेको बताएका छन्। त्यस्तै नेता नेपालले पनि ओलीकाे कारबाहीलाई अस्वीकार गर्दै कारबाही गर्ने अधिकार नै न भएको बताएका छन्।

ओलीकाे कारबाहीलाई अस्वीकार गर्दै नेपालले भनेः कारबाही गर्ने अधिकार नै छैन

अध्यक्ष ओलीले यसरी आफुलाई र नेताल रावललाई कारबाही गर्ने कुनै पनि अधिकार नभएको नेपालले बताएका छन् ।
थप पढ्नुहोस्
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update