नेकपा माओवादी केन्द्रले नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएको छ ।
मंगलबार माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसहितका नेताहरु सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् । निवेदन दताएपछि माओवादी अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले एमाले–माओवादी ब्यूँत्याउने गरि गरेको फैसला सच्याउनेमा आफू आशावादी र विश्वस्त रहेको बताए । सर्वोच्च अदालतले रिट निवेदकको माग भन्दा बाहिर गएर एकतावद्ध भएको पार्टी विभाजित गर्ने फैसला गरेको उनको भनाई छ ।
पार्टीका वरिष्ठ नेताहरुसहित कानून व्यवसायीको उपस्थितिमा पुनरावलोकन निवेदन दर्ता गरेको प्रचण्डले जानकारी दिए । उनले पार्टीको नामसम्बन्धी रिटमा आएको फैसला अस्वभावीक र राजनीतिक प्रकृतिको भयो भनेर यसअघि नै भनेको र अहिले सबै पक्षको सल्लाहमा पुनरावलोकन निवेदन दर्ता गरेको जिकिर गरे । रिट निवेदकको पनि एकतावद्ध भएका दल विभाजित होस् भन्ने चाहना नरहेको बताउँदै प्रचण्डले सर्वोच्चको फैसला राजनीतिक रहेकाले सच्याउनु पर्ने धारणा राखे ।..
निवेदन दर्ताका लागि अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल लगाएत सर्वोच्च पुगेका थिए । सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ गते नेकपा भंग गर्दै एमाले र माओवादी केन्द्र ब्यूँत्याएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय