हिमाल दैनिक
विश्वकप छनोट: स्पेनको अपराजित यात्रा कायम, ग्रेस र जर्जिया बराबरीमा
spain-worldcup-qualify

स्पेन ३-१ कोसोभो

विश्वकप छनोटमा स्पेनको अपराजित यात्रा कायम नै राखेको छ। हिजोको खेलमा स्पेनले कोसोभोलाई ३-१को गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो गोल स्पेनका तर्फबाट ड्यानी ओल्मोले ३४ औं मिनेटमा गरेका थिए ।

त्यसको दुई मिनेट नबित्दै टोरेसले थप एक गोल गर्दै आफ्नो अग्रता दोब्बर बनाए। पहिलो हाफमा दुई गोलको स्पेनले दोश्रो हाफको ७५ औं मिनेटमा जेरार्ड मोरेनोले थप अर्को गोल थपे । त्यस्तै कोसोभोको तर्फबाट बसार हालिमीले ७०औं गोल गरेका थिए ।

जित संगै स्पेनको समुहको पहिलो स्थानमा रहेको छ। तीन खेल खेलेको स्पेनले दुई खेलमा जित हात परेको छ भने एक खेल बराबरीमा खेलेको थियो । स्पेन ७ अंक सहित समूह बीको श्रीष स्थानमा छ भने दुई खेल खेलेको स्विडेन ६ अंक सहित समूहको दोश्रो स्थानमा रहेको छ । त्यस्तै कोसोभोले अहिले सम्म कुनै अंक बनेको छैन। अब कोसोभोले आफ्नो अर्को खेल इंगल्याण्ड संग खेल्ने छ ।

ग्रिस १-१ जर्जिया

त्यस्तै समूह बीको अर्को खेलमा ग्रिस र जर्जिया १-१ बराबरीमा खेलेका छन् । पहिलो हाफ गोल रहित बराबरीमा खेलेसंगै दोश्रो हाफको ७६ औं मिनेटमा ग्रिसका काकाबेद्जेले पहिलो गोल गरेका थिए । त्यसको दुई मिनेटमा जर्जियाका तर्फबाट कभारतस्खेलियाले गोल गर्दै खेल बराबरीमा पुराए । दुई खेल खेलेको ग्रिसले दुवै खेल बराबरीमा खेलेको छ भने जर्जियाले ३ खेल मध्ये दुई खेलमा हार र एक खेल बराबरी खेलेको छ। ग्रिस ३ अंक सहित समूह बीको तेस्रो स्थानमा रहेको छ भने जर्जिया १ अंक सहित लिगको चौथो स्थानमा रहेको छ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update