हिमाल दैनिक
विश्वकप छनोट: तीन अंकको अग्रतासहित समुह सीमा इटाली शिर्ष स्थानमा
italy-world-cup-qualify
विश्वकप छनोटमा इटालीले लिथुनियालाई पराजित गरेको छ। सन् २०२२ मा कतारमा हुन लागेको बिश्वकपका लागि युरोपियन छनोटको समूह सीको खेलमा इटालीले लिथुनियालाई २-० ले पराजित गरेको हो । चार पटकसम्म विश्वकप उठाएको इटालीका स्टेफानो सेन्सी ४८ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाइ बराबरी मा पुताए । त्यस्तै इन्जुरी समयमा इटालीली पाएको पेनाल्टीलाइ इमोबिलले सदुपयोग गर्दै खेल २-० मा पुराए । यससंगै समूह चरणको खेलमा इटालीली शत प्रतिशत अंक निकालेको छ । तीन खेल खेलेको इटालीले तीनै खेलमा जित हात परेको छ । इटालीली पछिल्लो तिन खेलमा २-० ले पराजित गरेको छ । त्यस्तै समूह सीको अर्को खेलमा नर्थन आयरल्यान्ड र बुल्गेरिया गोल रहित बराबरीमा खेलका छन् । समूह सीमा इटाली ९ अंक सहित समुहको शिर्ष स्थानमा रहेको छ। ६ अंक सहित स्विजरल्याण्ड दोश्रो स्थान, नर्थन आयरल्यान्ड १ अंक सहित तेस्रो स्थान, बुल्गेरिया १ अंक सहित चौथो स्थान र लिथुनियाले अहिले सम्म खाता खोलेको छैन।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update