बिश्वकप छनोटमा फ्रान्सले बोस्निया हर्जगोभिनालाई पराजित गरेको छ । सन् २०२२ मा कतारमा हुन लागेको बिश्वकपका लागि युरोपियन छनोटको समूह डीको खेलमा बिश्व विजेता फ्रान्सले बोस्निया हर्जगोभिनालाई १-० को गोल अन्तरले पराजित गरेको हो ।
एन्टोइन ग्रिजमनले ६० औं मिनेटमा गरेको गोल नै खेलको निर्णय गोल बन्न पुग्यो ।
त्यस्तै समूह डीको अर्को खेलमा युक्रेन र कजाखस्तानले बराबरीमा खेलेको छ । पहिलो हाफमा युक्रेनमा तर्फ बाट यारेमचुकले २० औं मिनेटमा गोल गरेका थिए भने दोश्रो हाफमा कजाखस्तानका मुज्हीकोफले गोल गर्दै खेललाई बराबरी पुराएका थिए ।
यस संगै समूह डीमा ७ अंक सहित फ्रान्स पहिलो स्थानमा रहेको छ । तीन खेल खेलेको फ्रान्सले दुई खेलमा जित हात परेको छ। त्यस्तै युक्रेन ३ अंक सहित समूहको दोश्रो स्थानमा रहेको छ। युक्रेनले तीनै खेल बराबरीमा खेलेको छ । दुई खेल खेलेको फिनल्याण्ड २ अंक सहित तेस्रो स्थानमा, बोस्निया हर्जगोभिना १ अंक सहित चौथो र कजाखस्तान १ अंक सहित समूहको अन्तिम स्थानमा रहेको छ।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्