नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल र उपध्यक्ष भिम रावलपछि अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरेन्द्र पाण्डे र घनश्याम भुसाल कारबाहीमा गरेका छन् । अध्यक्ष ओलीले पाण्डे र भुसाललाई पनि ६ महिना एमालेबाट निलम्बन गरेका हुन् ।
उनीहरुलाई ओलीले स्पष्टीकरण मागेका थिए।
यसअघि सोमबार नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेका थिए । नेपाल र रावलले पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको र उल्टै अध्यक्ष माथि नै प्रश्न तेर्साएपछि अध्यक्ष ओलीले अनुशासनको कोर्रा बर्सेका थिए । उनीहरुलाई पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय