नेपाली काँग्रेसले सरकारको नेतृत्वका लागि अघिबढ्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दैसरकारको नेतृत्व गर्न अघि बढ्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवा नेतृत्वका लागि बढ्न नमानिरहेको अवस्थामा केन्द्रीय समिति बैठकले सरकारको नेतृत्व काँग्रेस अघि बढ्नु पर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
नेपाली काँग्रेसले ओलीइतर समिकरणबाट सरकारको नेतृत्व लिन माओवादी केन्द्र र जनता समाजवादी पार्टीको साथ हुनुपर्ने देखिन्छ । तर जसपाले पनि सरकारको नेतृत्वको दाबी गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय