अमेरिकाको क्यापिटल हिल परिसरमा शुक्रबार दिउँसोको समयमा एउटा करले बैरिकेडमा ठक्कर दियो। समाचार एजेन्सी एपीका अनुसार उक्त घटनामा एक पुलिस अधिकारीको मृत्यु भयो भने अर्काको अवस्था नाजुक रहेको छ। पुलिसका तर्फबाट चलाइएको गोलिले कार चालकलाई लागि घाइते भएका थिए। उनको पनि पछि मृत्यु भएको एपीले जनाएको छ।
यो घटना क्यापिटल नजिकै भएको सुरक्षा जाँचको क्रममा घटेको घटना हो। अमेरिकाको संसद भवन (क्यापिटल) बाहिर बैरीकेडलाई ठक्कर दिएर पुलिसहरुमाथि गाडी चडाएपछि चालकले चक्कु लिएर गाडीबाट बाहिर निस्किए। कारबाट चक्कु लिएर निस्केको पुलिसले देखेपछि उनिहरुले चालकमाथि गोलि प्रहार गरे। यस घटनामा क्यापिटलस पुलिसका दुई पुलिस घाइते भएका छन् भने एकको मृत्यु भएको छ।
गाडीमा सवार चालकले गाडीमा चक्कु लिएर निस्किएर दुई पुलिसहरुमाथि हमला गर्न पुगे। उनले एक पुलिसमाथि चक्कु प्रहार गरेपछि पुलिसले जवाफी कारबाहीमा गोलि चलायो। चालकको अस्पतालमा मृत्यु भएको बताइएको छ। पुलिसले मृतक चालक र पुलिसको पहिचान खुलाएको छैन।
घटनापछि क्यापिटल हिल परिसर लकडाउन गरिएको छ भने कसैलाई पनि बाहिर वा भित्र जानमा प्रतिबन्ध लगाइएको छ । क्यापिटल पुलिसका अनुसार यो घटना क्यापिटल नजिकैको चेक-पोइन्ट नजिकै भएको हो। यो सिनेट भएको भवनको प्रवेशद्वारबाट करिब ९० मिटरको दुरीमा छ। अहिले संसद चलेको छैन। तीन महिने अघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले क्यापिटल हिलमा हमला गरेका थिए । त्यसपछि केहि समय अघि मात्र त्यहा राखेको फेसिग हताइएको थियो । उक्त घटनामा ५ जनाको मृत्यु भएको थियो ।
एजेन्सीको सहयोगमा
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्