हिमाल दैनिक
कमला हैरिसद्वारा क्यापिटल हिल हमलाको निन्दा, वाइट हाउसको झन्डा झुकाइयो
03_04_2021-kama_21522669
अमेरिकाकी उपराष्ट्रपति कमला हैरिसले अमेरिकी क्यापिटल हमलाको निन्दा गरेकी छिन्। उपराष्टपति हैरिसले पुलिस अधिकारी विलियम इवासको निधनमा शोक व्यक्त गरेका छिन्। शुक्रबार अमेरिकाको संसद भवन (क्यापिटल हिल) नजिकै एक गाडीले बैरिकेडमाथि ठक्कर दिएर दुई पुलिसमाथि गाडी चडाएको थियो। दुई पुलिस अधिकारीमध्ये इवासको मृत्यु भएको थियो भने अर्काका एक पुलिसको अहिले अस्पतालमा उपचार भईराखेको छ।

अमेरिकी संसदबाहिर कारले पुलिसलाई किल्चियो, एक पुलिसको मृत्यु


उपराष्टपति हैरिसले क्यापिटल हिलको रक्षाका लागि र अमेरिकी जनताका लागि इवासले बलिदान दिएको बताएकी छिन्। उनले उक्त हमलाको समयमा ज्यानको बाजी थपेर खटेकोमा कैपिटल पुलिस, नेशनल गार्ड र बाकी अधिकारीलाई धन्यबाद ज्ञापन गरेका छन्। त्यस्तै आजको हमलामा क्यापिटललाई बचाएको सबैलाई आभार ब्यक्त गरेकी छिन्। इवासको निधारपछि वाइट हाउसको झन्डा आधा झुकाइएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update