हिमाल दैनिक
इंग्लिस प्रिमियर लिग: आर्सनल लिभरपुलसंग पराजित
liverpool
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई पराजित गरेको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३-० को गोल अन्तरले पराजित गरेको हो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका डिएगो जोटाले दुई गोल र मोहमद सलाहले एक गोल गरेका थिए । पहिलो हाफ गोल रहित बराबरीमा खलेको लिभरपुलले दोश्रो हाफमा अग्रता लिएको थियो। खेलको ६४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै खेलमा अग्रता लिएका थिए। त्यसको ४ मिनेट नबित्दै सलाहले अर्को गोल गर्दै खेललाई २-० मा पुराए। खेलको ८२ औं मिनेटमा जोटाले व्यक्तिगत २ गोल गर्दै खेललाई ३-० मा पुराए। यससंगै लिभरपुल ४९ औं अंक सहित लिगको ५ औं स्थानमा रहेको छ भने आर्सनल ४२ अंक सहित लिगको ९ औं स्थानमा रहेको छ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update