इंग्लिस प्रिमियर लिगमा चेल्सी वेस्ट ब्रुमसंग पराजित भएको छ। शनिबार चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सी रेलिगेसन क्षेत्रमा रहेको वेस्ट ब्रुम ५-२ को गोलअन्तरले पराजित भएको हो ।
हिजो खेलको पहिलो हाफको २७ औं मिनेट मा चेल्सीले अग्रता लिएको थियो । चेल्सीको तर्फबाट पुलिसिकको पहिलो गोल गर्दै खेलमा अग्रता लिएको थियो। तर, त्यसको दुई मिनेटमा चेल्सीलाई ठुलो झट्का लग्यो । चेल्सी १० खेलाडीमा सिमित हुन पुग्यो। खेलको पाँचौ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थियागो सिल्भा लगातार दोस्रो पहेलो कार्ड खादै खेलको २९ मिनेटमा मैदानबाट बाहिर भए।
त्यसपछि वेस्ट ब्रुम चेल्सीमाथि हाबी भएको थियो । खेलको इन्जुरी समयमा वेस्ट ब्रुमका कोस्टा पेरेइराले लगातार दुई गोलको वर्षा गरे । उनले इन्जुरी टाइमको दोस्रो र चौथो मिनेटमा गोल गरेका थिए।
पहिलो हाफमा २-१ को अग्रता लिएको वेस्ट ब्रुम त्यतिमै रोकिएन। खेलको ६३ औं मिनेटमा वेस्ट ब्रुमका रोबिनसनले तेस्रो र खेलको ६८ औं मिनेटमा डिआग्नेले चौथो गोल गर्दै खेल ४-१ मा पुराए ।
७१ औं मिनेटमा चेल्सीका माउन्टले गोल खेललाई ४-२ मा पुराए । तर दोस्रो हाफको हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा रोबिनसनले ब्यतिगत दुई गोल गर्दै खेल लाई ५-२ मा पुराए।
यससंगै ३० खेलखेलेको चेल्सी ५१ अंक सहित लिगको चौथो स्थानमा रहेको छ। भने वेस्ट ब्रुम २१ अंक जोडेर लिगको १९ औं स्थानमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्