इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटि म्यानचेस्टर सिटिसंग पराजित भएको छ। शनिबार भएको खेलमा लिग लिडर सिटिले लेस्टरलाई २-० को गोल अन्तरले पराजित गरेको हो।
सिटिको घेरेलु मैदानमा भएको खेलको जितका लागि बेन्जामिन मेन्दी र गेब्रियल जेससले १-१ गोल गरेका छन्।
पहिलो हाफ गोल रहित बराबरीमा खेलेको दोश्रो हाफको ५८ औं मिनेटमा सिटिले अग्रता लियो । सिटिका तर्फबाट मेन्दीले गोल गरेका थिए । मेन्दीको यो सिजनको दोश्रो गोल हो ।
त्यस्तै खेलको ७४ औं मिनेटमा जेससले थप एक गोल गर्दै खेललाई २-० मा पुराए । यस जितसंगै सिटि ७४ अंक सहित लिगको शिर्ष स्थानमा तहेको छ । लगातार चौथो पटक प्रिमियर लिगको उपाधी उठाउनबाट सिटि केवल ११ अंकपछि छ । पछिल्लो ५ खेलमा सिटि एक खेलमा मात्र पराजित भएको छ। त्यस्तै दोश्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने सिटि भन्दा १७ अंकले पछि छ भने तेस्रो स्थानमा रहेको लेस्टर सिटिभन्दा १८ अंकले पछि छ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्