हिमाल दैनिक
आरसीबिलाई ठुलो झट्का, खेलको ५ दिन अघि पडिक्कल कोरोना पोजिटिभ
birat-kholi-Devdutt Padikkal-RCB-ipk
इन्डियन प्रिमियर लिग(आइपिएल)को १४ औं संस्करण सुरु हुन अब एक हप्ताभन्दा कम समय छ। अहिले आइपिएलका टिमहरुमा आबद्ध खेलाडीहरुलाई क्वारिनटाइन राख्दै कोविड टेस्ट गराइराखिएको छ । यस क्रममा रोयल च्यालेन्जर्स बेङ्गलोर(आरसीबि) लाई ठुलो झट्का लागेको छ । टिमका ओपनर देवदत्त पडिक्कलको कोरोना पोजेटिभ देखिएको छ । सिजन सुरु हुनु अघि संक्रमित भएका पडिक्कल तेस्रो खेलाडी हुन्। २० बर्षिय पडिक्कललाई अहिले क्वारिनटाइनमा राखेको बताइएको छ । यसअघि दिल्ली क्यापिटल्सका अक्षर पटेल र कोलकाता नाइट राइडर्सका नीतीश राणामा पनि कोरोनाको संक्रमण देखिएको थियो। अहिलेसम्म स्टाफ र खेलाडी गरेर कुल २० जनामा कोरोना देखिएको छ। शनिवार मुम्बईको वानखेडे़ स्टेडियमका १० स्टाफ र ६ इभेन्ट म्यानेजर मा कोरोना देखिएको थियो भने चेन्नई सुपर किङ्गसका एक सदस्यमा पनि कोरोना देखिएको छ। यस बर्षको आइपिएल ९ अप्रिल देखि सुरु हुँदैछ । आइपिएलको पहिलो खेल च्यामपियन मुम्बई इन्डियनस र रोयल च्यालेन्जर्स बेङ्गलुरु बीच हुनेछ। पहिलो खेल हुनुभन्दा ५ दिन अघि बिराट कोहलीको कप्तानी रहेको आरसीबिका टप फर्ममा रहेका ओपनर पडिक्कल भएपछि टिमलाई ठुलो झट्का लागेको छ। सन् २०२० को आइपिएलमा डेब्यु गरेका पडिक्कल गत सिजनमा दमदार प्रदर्शन गरेका थिए। उनि बेङ्गलुरुका तर्फबाट सबै भन्दा बढी रन बनाउने ब्याट्समेन थिए। पडिक्कलले आइपिएलको १३ औं संस्करणमा १५ खेलमा १२४.८० को स्ट्राइक रेटमा ४७३ रन बनाएका थिए। यस सिजनमा उनि बिराट संग ओपनिंग गर्ने बताइएको थियो। तर खेल सुरु हुन् ४ दिन अघि कोरोना देखिएपछि आरिसिबी ठुलो झट्का लागेको छ। एजेन्सीको सहयोगमा
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update