
इन्डियन प्रिमियर लिग(आइपी) को १४ औं संस्करण ९ अप्रिल देखि सुरु हुँदैछ । आइपिएलको १३ सिजनसम्म आइपुग्दा सबैभन्दा बढी मुम्बई इन्डियनसले उपाधि आफ्नो नाम गरेको छ। रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि आफ्नो नाम गरेका छन् । पछिल्लो दुई सिजन लगातार मुम्बईले कब्जा गर्दै आइराखेको छ । यस बर्षपनि मुम्बई लगातार तेस्रो पटक खिताब बचाउन कोशिस गर्ने छन् ।
मुम्बई पछि चेन्नई सुपर किङ्गस(सिएसके) ले आइपिएलको उपाधि हात पारेको छ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले तीन पटक (सन् २०१०, २०११, २०१८) उपाधि जितेको थियो । आइपिएलको इतिहासमा सिएसके सबै भन्दा बढी फाइनलमा पुगेको टिम हो। सीएसके अहिलेसम्म ८ पटक फाइनलमा पुगेको छ । सिएसके सन् २००८, २०१२, २०१३, २०१५ र २०१९ गरिन ५ पटक उपविजेता बनेको छ। त्यस्तै मुम्बई भने ६ पटक फाइनलमा पुगेको छ।
विराट कोहलीको कप्तानी रहेको रोयल च्यालेन्जर्स बेंगलुरु( आरसीबि) तीन पटकसम्म आइपिएलको फाइनल पुगेको छ। तीन पटक उपाधि नजिक पुगेको आरसीबिले आइपिएलको ट्रफी उचाल्न पाएको छैन। विराट आइपिएलको टप स्कोरर पनि हुन्। आइपीएलमा १९२ खेल खेलेका बिराटले अहिलेसम्म ५ हजार ८७८ रन बनाएका छन्। त्यस्तै रोहितले लीगमा अहिलेसम्म २०० खेल खेलेका छन् जसमा उनले ५ हजार २३० रङ बनाएका छन्। २०४ खेल खेलेका धोनीले ४ हजार ६३२ रन बनाएका छन् l
यस पटकको फाइनल खेल ३० मे मा हुनेछ। यस बर्षको सिजनमा ८ टिम ५२ दिनमा फाइनल खेल्ने गर्ने ६० खेल हुनेछ । आइपिएलको खेल ६ सहर अहमदाबाद, बेंगलुरु, चेन्नई, दिल्ली, मुम्बई र कोलकातामा हुनेछ भने फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
यो पटक देशमै हुन लागेको आइपिएलमा कुनै पनि टिमले घरेलु मैदानमा खेल्ने छैन।
अघिल्लो सिजनमा आरिसिबीका कप्तान विराट (दायाँ) र पडिक्कल (बायाँ) ब्याटिंग गर्दै[/caption]
रोयल च्यालेन्जर्स बेङ्गलोर(आरसीबि) लाई ठुलो झट्का लागेको छ । टिमका ओपनर देवदत्त पडिक्कलको कोरोना पोजेटिभ देखिएको छ । सिजन सुरु हुनु अघि संक्रमित भएका पडिक्कल तेस्रो खेलाडी हुन्। २० बर्षिय पडिक्कललाई अहिले क्वारिनटाइनमा राखेको बताइएको छ ।
यसअघि दिल्ली क्यापिटल्सका अक्षर पटेल र कोलकाता नाइट राइडर्सका नीतीश राणामा पनि कोरोनाको संक्रमण देखिएको थियो। थप पढ्नुहोस्:
८ पटक फाइनल पुग्ने सिएसके(CSK)

तीन पटक फाइनल पुगेर पनि उपाधि उचाल्न नपाएको आरिसिबी(RCB)

आरसीबिलाई ठुलो झट्का, खेलको ५ दिन अघि पडिक्कल कोरोना पोजिटिभ
[caption id="attachment_21057" align="alignnone" width="600"]
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय