हिमाल दैनिक
आरबीबी एनभीए भलिबल: पुलिसको दोश्रो जित
ncv-volleyball-nepal-police-club
पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । आइतबार त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा भएको खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सेटमा पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो । जितसँगै पुलिसले ३ खेलमा ६ अंक जोडेको छ । पुलिस लिगको तेस्रो स्थानमा रहेको छ । उपाधि दाबेदार पुलिसले मणिमुकुन्दमाथि २५–१८, २५–१९ र २५–११ को सेटमा जित निकालेको थियो । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने छन् । मणिमुकुन्दको यो लगातार तेस्रो हार हो भने मणिमुकुन्द पुछारमा रहेको छ । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update