सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका न्यायाधीशहरुको सुनुवाई आगामी बैशाख ३ गते हुने भएको छ ।
आइतबार समितिले उजुरी कर्ताहरुसंग छलफलगर्दै न्यायाधीश सिफारिस गरिएका नहकुल सुवेदी र कुमार चुडालको संसदीय बैशाख ३ गर्ने समितिले निर्णय गरेको हो । दुई जना न्यायाधीश उपर ७ वटा उजुरी परेको समिति सभपाति लक्ष्मण लाल कर्णले जानकारी दिए । उनले केही उजुरी कर्ता संग छलफल भएको र केही प्रमाणहरुबारे बुझेको जानकारी दिए ।
न्यायाधीशमा सिफारिस सुवेदीको योग्यतासम्बन्धी विवादलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा चैत ३० गते फैसला आउने छ । समितिले सर्वोच्चबाटै उक्त विषयमा फैसला भएपछि मात्र सुनुवाइ प्रक्रिया अघि बढाउने गरी अर्को बैठक वैशाख ३ गतेका लागि तोकेको समितिले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय