हिमाल दैनिक
स्पेनिस ला लिगा लिग लिडर एट्लेटिको पराजित
Athletico-Madrid
स्पेनिस ला लिगाका लिग लिडर एट्लेटिको मड्रिड सेभिल्लासँग पराजित भएको छ । आइतबार भएको खेलमा सेभिल्लाले लिग लिडर एट्लेटिकोलाई १-० ले पराजित गरेको हो । सेभिल्लाका डिफेन्डर मार्कोस अकुनाले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । यस हारसंगै एट्लेटिको ६६ अंक सहित लिगको पहिलो स्थानमा छ भने ६३ अंकले रियल म्याड्रिड दोश्रो स्थान र बार्सिलोना ६२ अंक सहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै जितसंगै सेभिल्ला ५८ अंक सहित लिगको चौथो स्थानमा रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update