
इंगलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई पराजित गरेको छ। आइतबार भएको खेलमा युनाइटेडले ब्राइटनलाई २-१ को गोल अन्तरले पराजित गरेको हो ।
खेल सुरु १३ औं मिनेटमा ड्यानि वेलबेकले गोल गर्दै ब्राइटनले अग्रता लिएको थियो । खेलको पहिलो हाफ अग्रता लिएको ब्राइटनले दोश्रो हाफमा यथावत राख सकेन। खेलको दोश्रो हाफको ६२ औं मिनेटमा ब्रुनो फर्नांडीसको पासमा मार्कस रास्फर्डले खेल बराबरीमा पुराए । रास्फर्डले तीन खेलमा १० गोल गरेका छन्। त्यस्तै खेलको ८३ औं मिनेटमा पोग्बाको पासमा मेसन ग्रीनवूडले गोल गर्दै खेललाई २-१ पुराए। प्रिमियार लिगमा युनाइटेडको लगातार १० औं जित हो।
जितसंगै युनाईटेड ६० औं अंक सहित लिगको दोश्रो स्थानमा रहेको छ । लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटि युनाइटेडभन्दा १४ अंकले अघि छ । त्यस्तै लेस्टर सिटि ५६ अंक लिगको तेस्रो स्थानमा रहेको छ। हारसंगै ब्राइटन ३२ अंक सहित लिगको १६ औं स्थानमा रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय