हिमाल दैनिक
भारतमा एकै दिन कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। आइतबार भारतमा १ लाख ३ हजार ७९४ मा कोरोनाको स्नाक्रमण देखिएको छ। यस अघि भारतमा सेप्टेम्बर १६ मा ९८ हजार संक्रमित भेटिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ४७७ को मृत्यु भएको छ भने ५२ हजार ८४० जनाले स्वास्थ्य लाभ लिईसकेका छन्। २४ घण्टामा १ लाख बढी संक्रमण देखिएको भारत पहिलो देश हो । भारतमा पछिल्लो समय कोरोनाको महामारीले भयावह रुप लिएको छ । भारतको महाराष्ट्रमा एकै दिन ५७ हजार ७४ जनामा कोरोना देखिएको छ । भारतपछि आइतबार फ्रान्समा ६० हजार ९२२ जनामा संक्रमण देखिएको थियो। एजेन्सीको सहयोगमा
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update