हिमाल दैनिक
अप्रिल ९ देखि महाराष्ट्रमा विकेन्ड कर्फ्यु, यस्तो अवस्थामा के आइपिएल होला त?
ipl-trophy
इन्डियन प्रिमियर लिग(आइपिएल) को १४ औं संस्करण ९ अप्रिलदेखि बिना दर्शक सुरु हुँदैछ। भारतमा कोरोना संक्रमण बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बिसीसीआइ) लाई पनि खेलाडीको स्वास्थ्यको चिन्ता हुन थालेको छ। आइतबार मात्र भारतमा संक्रमितको संख्या १ लाख कटेको छ। महाराष्ट्रमा ९ अप्रिलबाट नै विकन्ड लकडाउन लगाउने घोषणा गरिसकेको छ। विकेन्ड लकडाउन भनेको भारतमा शनिबार र आइतबार सार्बजनिक बिदा हुने गर्छ। त्यसलाई मध्यनजर राखेर महाराष्ट्रको सरकारले शुक्रबार राति ८ बजे देखि सोमबार ७ बजे सम्म लकडाउन गर्ने घोषणा गरेको हो। यस बीच कुनै पनि बस, ट्रेन, ट्याक्सी चल्ने छैन। यस समयमा आइपिएल हुने वा नहुने भनेर धेरै तनाब सिर्जना भएको छ । तर बिसीसीआईले यो लकडाउनले आइपिएलको कुनै पनि खेल र टिमलाई समस्या नहुने जानकारी दिएको छ। बिसीसीआईका उपध्यक्ष राजीव शुक्लाले आइपिएल अघि सबै खेलाडीलाई कोरोनाको खोप लगाउने तयारी भईराखेको भारतीय संचार मध्यमलाई जानकारी दिएका छन्। शुक्लाका अनुसार अहिले यस बिषय बोर्डले स्वास्थ्य मन्त्रालयसंग सम्पर्क गरि राखेको छ। आइपिएलको १४ औं सिजनमा ५२ दिन हुनेछ। ९ अप्रिल देखि सुरु हुने आइपिएल ३० मे सम्म संचालन हुनेछ। अघिल्लो बर्ष युएईमा संचालन भएको आइपिएल जस्तै यस बर्ष पनि सबैलाई बायो-बबालमा राखिने छ। खेलको दिन होटेलबाट खेलमैदानसम्म जना कुनै पनि समस्या हुनेछैन। त्यस्तै सबैजनाको नियमित रुपमा कोरोना परिक्षण गर्ने बिसीसीआइले बताएको छ । १३ औ सिजन जस्तै यस बर्षको आइपिएलमा पनि कर्फ्यु भएपनि होटेलबाट स्टेडियम स्वास्थ्य मापदण्ड अपनाई पुराइनेछ। आइपिएलको सबै खेल अहमदाबाद, बेगलुरु, चेन्नई, दिल्ली, मुम्बई र कोलकाता हुनेछ। तर पछिल्लो समय कोरोना मुम्बईमा बढ्दै गएपछि अब खेल इन्डोर र हैदराबादमा पनि गर्न सक्ने गरि तयारी सुरु भएको बताएइको छ । शेड्यूल अनुसार प्ले-अफ र फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । एजेन्सीको सहयोगमा

आईपीएलको उपाधि सबैभन्दा बढी कुन टीमले जित्यो?

आइपिएलको १३ सिजनसम्म आइपुग्दा सबैभन्दा बढी मुम्बई इन्डियनसले उपाधि आफ्नो नाम गरेको छ। रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि आफ्नो नाम गरेका छन् । पछिल्लो दुई सिजन लगातार मुम्बईले कब्जा गर्दै आइराखेको छ । यस बर्षपनि मुम्बई लगातार तेस्रो पटक खिताब बचाउन कोशिस गर्ने छन् ।

आरसीबिलाई ठुलो झट्का, खेलको ५ दिन अघि पडिक्कल कोरोना पोजिटिभ

अघिल्लो सिजनमा आरिसिबीका कप्तान विराट (दायाँ) र पडिक्कल (बायाँ) ब्याटिंग गर्दै
रोयल च्यालेन्जर्स बेङ्गलोर(आरसीबि) लाई ठुलो झट्का लागेको छ । टिमका ओपनर देवदत्त पडिक्कलको कोरोना पोजेटिभ देखिएको छ । सिजन सुरु हुनु अघि संक्रमित भएका पडिक्कल तेस्रो खेलाडी हुन्। २० बर्षिय पडिक्कललाई अहिले क्वारिनटाइनमा राखेको बताइएको छ । यसअघि दिल्ली क्यापिटल्सका अक्षर पटेल र कोलकाता नाइट राइडर्सका नीतीश राणामा पनि कोरोनाको संक्रमण देखिएको थियो। थप पढ्नुहोस्:
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update