हिमाल दैनिक
स्पेनिस ला लिगा: बार्सिलोना उपाधि होडमा बलियो
Dembele-barcelona
स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई हराउदै लिगको दोश्रो स्थानमा पुगेको छ। सोमबार राति भएको खेलमा बार्सिलोनाले भालाडोलिडलाई १-० ले पराजित गर्दै लिगको दोश्रो स्थानमा पुगेको हो। पहिलो हाफ बराबरीमा खेलेको बार्सिलोनाले दोश्रो हाफको अन्तिम समयमा उस्मान डेम्बेले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो। यस संगै बार्सिलोनाले ६५ अंक बटुल्दै लिगको दोश्रो स्थानमा पुगेको छ। आइतबार लिग लिडर एट्लेटिको म्याड्रिड सेभियासंग पराजित भएको थियो । जसका कारण अब उपाधिका लागि होडबाजी चलेको छ । २९ खेलपछि शिर्ष स्थानमा रहेको एट्लेटिको बार्सिलोनाभन्दा एक अंकले माथि छ भने तेस्रो स्थानमा रहेको रियल म्याड्रिडभने केवल २ अंकले पछि परेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update