हिमाल दैनिक
ललितपुर मेयर कप: एपीएफ क्लबको तेस्रो जित
apf-women-cricket
विभागीय टिम एपीएफ क्लबले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा मंगलबार ललितपुर मेयर्स–११ लाई १० विकेटले पराजित गर्दै एपीएफले पराजित यात्रा कायम रहेको हो । ललितपुरले दिएको ६७ रनको लक्ष्य एपीएफले ९ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । जितसँगै एपीएफले ३ खेलमा ६ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update