हिमाल दैनिक
दिल्लीमा पनि आजबाट नाइट कर्फ्यु
night-curfew-delhi
भारत कोरोनाको कहर बढ्दै गएको छ। दिल्लीमा कोरोनाको संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले मंगलबारदेखि अप्रिल ३० सम्म नाइट कर्फ्यु लगाउने घोषणा गरेको छ। दिल्लीमा अब राति १० बजेदेखि बिहान ५ बजेसम्म घरबाट बाहिर निस्किन निषेध गरेको छ । यो कदम कोरोना भाइरस रोक्नका लागि गरिएको दिल्ली सरकारले जनाएको छ । यस समयमा आपतकालीन सेवाहरु भने सुचारू हुनेछ। दिल्लीमा ४ दिनमा ३ हजार ५ सय भन्दा बढी कोरोनाको केस देखिएको छ । पछिल्लो समय भारतमा कोरोनाको दोश्रो लहर सुरु भएको छ । आइतबार भारतमा एक लाखभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको थियो । यो संख्या गत सेप्टेम्बर महिना यताको सर्वाधिक संख्या हो । त्यस्तै सोमबार करीब ९७ हजार जनामा कोरोना पुष्टि भएको थियो भने यस अवधिमा ४०० भन्दा बढीको ज्यान गएको छ । यस अघि महराष्ट्रको सरकारले सोमबार मुम्बईमा नाइट कर्फ्यु र विकेन्ड लकडाउनको घोषणा गरेको थियो। एजेन्सीको सहयोगमा

 कोरोनाको कहर बढेपछि भारतको महाराष्ट्रमा विकेन्ड लकडाउन 

कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदा(विकेन्ड) का समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो ।  थप पढ्नुहोस्:  https://www.himaldainik.com/21119/2021/

भारतमा एकैदिन १ लाखमा कोरोना संक्रमण

भारतमा एकै दिन कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। आइतबार भारतमा १ लाख ३ हजार ७९४ मा कोरोनाको संक्रमण देखिएको छ।  थप पढ्नुहोस्: https://www.himaldainik.com/21112/2021/   
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update