
युरोपियन च्याम्पियन्स लिगमा रियल म्याड्रिडले लिभरपुललाई पराजित गरेको छ। गएराति च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलोे लेगमा लिभरपुल ३-१ को गोल अन्तरले पराजित भएको हो।
रियलको घरेलु मैदान बर्नबेउमा भएको खेलमा रियलका तर्फबाट भिनिसियस जुनियर २ गोल र मार्को एसेन्सियोले १ गोल गरेका थिए भने लिभरपुलका तर्फबाट मोहमद सलाहले एक गोल फर्काएका थिए।
खेल सुरु भएपछि रियल पूर्ण रुपमा लिभरपुलमाथि हाबी भएको थियो। लिभरपुलले पहिलो हाफमा रियलको पोष्टमा कुनै पनि आक्रमण गर्न सकेनन। रियल खेल सुरु भएको २७ औं मिनेटमा भिनिसियस जुनियरले आफ्नो टिमलाई अग्रता दिलाए। टोनी क्रुसको पासमा भिनिसियसले पहिलो गोल गरेका थिए।
त्यस्तै खेलको ३६ औं मिनेटमा औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर आर्नोल्डको गल्तीको फाइदा उठाउँदै मार्को एसेन्सियोले पहिलो हाफमा नै रियलको अग्रता दोब्बर बनाए ।
दोश्रो हाफमा लिभरपुलका तर्फबाट सलाहले एक गोल फर्काए। तर लुका मोड्रिकको पासमा भिनिसियसले थप एक गोल गर्दै रियललाई ३-१ को जित दिलाए।
हिजोको खेलमा ४ पहेलो कार्डको प्रयोग भएको थियो । रियलका लुकास वास्केज़ले ४९ औं मिनेटमा पाएका थिए भने लिभरपुलमा खेलको ३९ औं मिनेटमा साडियो माने, ५६ औं मिनेटमा थिआगो र ८३ औं मिनेटमा अलेक्सान्डर आर्नोल्डले पहेलो कार्ड पाएका थिए।
यस जित संगै रियल अन्तिम चारमा पुग्ने सम्भावना बढेर गएको छ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय