हिमाल दैनिक
आरसीबीमा पडिक्कलपछि अब डेनियल सैम्समा पनि देखियो कोरोना
daniel-sams-ipl-RCB
कोरोनाको कहर आइपिएलमा पनि देखिएको छ । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबि) का अल-राउण्डर डेनियल सैम्समा पनि कोरोना पुष्टि भएको छ । आरिसीबिले बुधबार आफ्नो सामाजिक संजाल मार्फत यसको पुष्टि गरेको हो। आरिसिबीका अनुसार सैम्स ३ अप्रिलबाट चेन्नईमा टिमसंग सहभागी भएको हुन् । त्यस बेला उनको परिक्षण गर्दा कोरोना नेगेटिभ आएको आरिसिबीले जनाएको छ । आज गरिएको दोश्रो जाँचमा उनमा कोरोना देखिएपछि उनलाई होटेलमा नै क्वारिनटाइन गरिएको बताइएको छ । अस्ट्रेलियाका सैम्स अघि आरसीबिमा ओपनर देवदत्त पडिक्कलमा पनि कोरोना देखिएको थियो। अहिले उनको रिपोर्ट नेगेटिभ आएको आरिसिबीले जनाएको छ । आइपिएल १४ औं सिजन सिजनकै पहिलो खेल आरसीबि र मुम्बई इन्डियनसबीच हुँदैछ । यस अघि मंगलबार मुम्बई इन्डियनसका विकेटकिपिंग कन्सलटेण्ट किरण मोरे, त्यस्तै वानखेडे स्टेडियमका ३ स्टाफमा पनि कोरोना पुष्टि भएको थियो । आइपिएल सुरु हुनु अघि अहिले सम्म २५ जनामा कोरोना देखिएको छ। आरसीबिले सैम्सलाई यस बर्ष दिल्ली क्यापिटल्सबाट ट्रेड गरिएको थियो । उनले अस्ट्रेलियामा आयोजना भएको बिग-बश लिगमा शानदार प्रदर्शन गरेका थिए । सिड्नी थनडरबाट उनले १० खेल खेलेका थिए जसमा उनले १८८.६७ को स्ट्राइक रेटमा २०० रङ बनेका थिए । त्यस्तै उनले ८.११ को इकोनोमीमा ११ विकेट पनि लिएका थिए । सन् २०१९-२० को बिग-बश लिगमा उनि टुर्नामेन्टका हाईएस्ट विकेट किप्परको उपाधि पाएका थिए। युएईमा भएको आइपिएलको १३ औं संस्करणमा सैम्सले दिल्लीका तर्फबाट ३ खेल खेलेका थिए । जसमा उनले कुनै पनि रन बनाउन सकेनन् भने १२ ओभरमा ९.५० को इकोनोमीमा रन दिएका थिए।

 आईपीएलको उपाधि सबैभन्दा बढी कुन टीमले जित्यो? 

आइपिएलको १३ सिजनसम्म आइपुग्दा सबैभन्दा बढी मुम्बई इन्डियनसले उपाधि आफ्नो नाम गरेको छ। रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि आफ्नो नाम गरेका छन् । पछिल्लो दुई सिजन लगातार मुम्बईले कब्जा गर्दै आइराखेको छ । यस बर्षपनि मुम्बई लगातार तेस्रो पटक खिताब बचाउन कोशिस गर्ने छन् । थप पढ्नुहोस्: 

 १४ औं संस्करणसम्म आइपुग्दा आइपिएलमा १९ हैट्रिक, कुन-कुन खेलाडीले हैट्रिक  लिए  त ?

आइपिएलमा अहिलेसम्म १९ हैट्रिक भएको छ । जसमा अमित मिश्रले सबै भन्दा बढी ३ र युवराज सिंहले २ हैट्रिक लिएका छन् । थप पढ्नुहोस्: 


 अप्रिल ९ देखि महाराष्ट्रमा विकेन्ड कर्फ्यु, यस्तो अवस्थामा के आइपिएल होला त? 

 भारतमा कोरोना संक्रमण बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बिसीसीआइ) लाई पनि खेलाडीको स्वास्थ्यको चिन्ता हुन थालेको छ। थप पढ्नुहोस्:


 
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update