हिमाल दैनिक
नेपालमा बुधबार थप २९८ जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ७६८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाका कारण तीन हजार ३८ जनाले ज्यान गुमाएका छन् । नेपालमा थप ७४ संक्रमित निको हुदा हालसम्म दुई लाख ७३ हजार ५२९ संक्रमित निको भएका छन् । हाल नेपालमा २२ सय १ जना आइशालेशन र ६५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ९८ हजार १६७ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update