हिमाल दैनिक
भारतीय प्रधानमन्त्री मोदीले लिए 'कोवैक्सिन'को दोश्रो डोज
narendra-modi-corona-second-dose-himal-dainik
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना खोपको दोश्रो डोज लिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले बिहिबार दिल्ली स्थित एम्स हस्पिटलमा 'कोवैक्सिन'को दोश्रो डोज लगाएका हुन् । यस अघि उनले मार्च १ मा कोवैक्सिनको पहिलो डोज लगाएका थिए । उनले सामाजिक संजालमा कोरोनाको दोश्रो डोज लागेको फोटो सार्बजनिक गएका छन्। उनले खोपबाट नै कोरोनालाई हराउन सकिने बताउदै मापदण्ड पुरा गरेर खोप लगाउन समेत आग्रह गरेका छन्। पछिल्लो समय भारतमा कोरोनाको संक्रमण बढ्दै गएको छ । भारतीय संचार मध्यमका अनुसार आज मोदीले सबै राज्यका मुख्यमन्त्रीहरुसंग भिडियो कन्फरेन्सिंग मार्फत बैठक बस्दै छन्। उनले भारतमा बढ्दै गएको संक्रमणका बारे छलफल गर्ने बताइएको संचार मध्यमले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update