राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज उक्त आग्रह गरेकी हुन् ।
उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताएकी छिन् ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय