हिमाल दैनिक
लकडाउनको त्रास देखाउदै सरकार!
lockdown
नेपालमा कोरोनाको संक्रमण फेरी बढेर गएको छ । गए २४ घण्टामा नेपालमा ३३२ जनामा कोरोनाको संक्रमण देखिएको छ । नेपालमा पहिलो संक्रमण देखिएको एक बर्षपछि फेरी संक्रमणको दर दिन प्रति दिन बढ्दै गएको छ । जसका कारण सरकारले पुन: लकडाउन गर्न सक्ने संकेत दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार एक कार्यक्रममा जनताले सावधानी नअपनाए, लकडाउन गर्न बाध्य हुने सम्मको अभिव्यक्ति दिएका छन् । उनले कोरोनाको संक्रमण बढ्दै गएको सबैले सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति सिर्जना हुने भएकोले सबैले सावधानीका उपाय अपनाउनुपर्ने आग्रह गरेका थिए । त्यस्तै हिजो स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले पनि एक निजि च्यानलमा अन्तरवार्ता दिने क्रममा नेपालमा अहिले 'युके भेरियनट्स' युवाहरुमा देखिन थालेको भन्दै सतर्कता नअपनाए अब लकडाउन गर्नु पर्ने बाध्यतात्मक स्थिति आउन सक्ने बताएएका छन् । यसभन्दा अघि कोरोना प्राय जेष्ठ नागरिक र दिर्गरोगीहरुमा देखिया परेको थियो । जसका कारण शैक्षिक क्षेत्रलाई भौतिक रुपमा बन्द गर्नु पर्ने अवस्था आएकोले भन्दै अब शैक्षिक गतिविधि भर्चुअल माध्यमबाट नै संचालन गर्नु पर्ने बताए। जनताहरुमा स्वास्थ्यमाथि गरेको हेलचक्राइ यथावात नै राखे सरकारले लकडाउन गर्नु पर्ने अवस्था आउन सक्ने उनले बताए । केहि दिन अघि मात्र सरकारले ९ बजे पछि रात्रीकालिन गतिबिधि बन्द गर्न आदेश जारी गरेको थियो । कोरोनाले नेपालमा पनि बिकराल रुप लिंदै गएको आवस्थामा जनताले मात्र नभई राजनीतिक दलले पनि बेवास्ता गर्दै आएको छ। सत्ता समीकरणका लागि बिभिन्न राजनीतिक दलहरुले आफ्नो शक्ति प्रदर्शनका लागि आम सभा, जुलिस र्याली निकाले। यसमा अग्रपन्तीमा सबै भन्दा बढी सरकार र सरकारका प्रमुख प्रधानमन्त्री ओलीनै देखिएका छन्।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update